होटल प्याराडाइज्ाको रूम नं. १५मा छु एक्लै…..।
यो होटल बुटवलको हो। बुटवलमा कहाँनिर पर्छ? भनिरहन आवश्यक छैन यो कथा को लागि। साथीहरू रेयुकाई १८औं शाखाको सेमिनारमा गएका छन्। मभने अलि बिसञ्च्ाो भएको कारण गइन। यसौ भनौँ अल्छि लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ। साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ, नगर्दा पनि हुन्छ, त्यसैले उल्लेख गरिन। सरसर्ती कथामात्र अगाडि बढाउन चाहान्छु। म बसेको होटल सायदै त्यहाँको होटलहरूमध्ये सबैभन्दा महङ्गो हुनुपर्छ। कारण एउटा कोकको दाम मात्र २५।– रूपयाँ (बि.सं.२०६० सालमा) पर्थ्याे।
हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टि.भी. हेर्छु। र्स्पोटस, ए.एक्स.एन. र नेश्ानल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम। यसो बेला–बेलामा बाहिर निस्केर तल बाटोतिर हेर्छु । त्यहाँ पनि उही रिक्सा, उही गाडी वाक्कदिक्क। पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु। केहीक्षण निदाए जस्तो गर्छु तर निद्रा लाग्दैन। ब्याग खोतल्छु र डाइरी निकाल्छु। केही लेख्न खोज्छु अहँ! फुर्दैन। त्यसलाई पनि थन्क्याउँछु। केही नभएपछि आफ्नो पुरानो गज सङ्ग्रह (यात्रामा कतै निस्कँदा प्रायः बोक्छु) निकाल्छु र त्यति मज्जा नलागे पनि पढ्छु। यो होटल धेरै तवरबाट चर्चित रहेछ। सबै सुबिधाहरूको ब्यवस्था छ। भनेको अर्डर तुरून्त पूरा हुन्छ। यी भन्दा छुट्टै बिषय पनि छ यहाँ। त्यो हो समाजले नामाकरण गरेेको बेश्याहरूको मुख्य थलो।
चर्चित भनाउँदा व्यक्तित्वदेखि लिएर गाडीका सम्पूर्ण स्टाफहरूसम्म, सेमिनारमा भाग लिन आएका भलाद्मीदेखि धर्मका पण्डितसम्म, विद्यार्थीदेखि लिएर शिक्षकसम्म, कलाकारदेखि पत्रकारसम्म, व्यापारीदेखि चिकित्सकसम्म सबै–सबै यो स्थानबाट टाढा हुन सकेका छैनन्। यहाँ १५–२० जना युवतीहरू राखिएका छन्। कम उमेरकादेखि लिएर अर्ध उमेरसम्मका पनि छन्। ५० देखि ५,०००।– सम्म विविध मूल्यका। Read more