सायदै जीवनदेखि पछाडी सवैभन्दा बढी परिभाषा बनेको छ भने प्रेमको बारेमा बनेको छ । हाँसो, खुशी, पीडा, मिलन आदि प्रेमको परिभाषामा आउने गर्छन् । उसो त जसले प्रेमको परिभाषा तयार गरेँ आफुले भोगेको भोगाइको अनुकुल गरेँ । पाउनेले प्राप्ती भने । गुमाउनेले त्याग भने । रमाउनेले खुशी भने, रुनेले पीडा भने । सबै आफ्नो आफ्नो दृष्टिकोण मात्र हो । संसारलाई हामी कसरी हेर्छौ, हामीले कस्तो फिल गर्छौ त्यही अनुरुप व्याख्या गर्ने हो । आज हामी प्रेमका उदाहरण दिँदा रोमियो जुलियट, लैला मजनु, मुनामदन, आदिको उदाहरण दिन्छौँ । बुझ्नु पर्ने कुरा के हो भने यी कथाहरु प्रेमका वास्तविक घटाहरु हैनन् । कविहरुको प्रेम कल्पना मात्र हो । प्रेमका बारेमा यत्तिका कृति लेख्ने स्वयम् लेखकहरुले प्रेमलाई कसरी बोध गरे त्यो चाही गौण मात्र रह्यो । मानवीय स्वभाव विचित्रको छ । पाएको कुरालार्ई भोग्न, आनन्दित हुन विर्सन्छ र जे आफुसँग छैन त्यसको तृष्णामा छट्पटिन्छ । संभवत परिभषा सृजना गर्नेहरुले पनि आफुसँग भएको प्राप्तीभन्दा पनि बढी नपाएको, गुमाएको पीडामाथि गरेँ । मनोविश्लेषक फ्रायड भन्छन् “हामीले जे कुरा गर्न पाएका छैनौ, हामीसँग चाहेर पनि उपलब्ध छैन । मनले त्यो क्षतिपुर्ती कहीँ, कतैबाट पुर्ती गर्ने काम गर्छ ।”
प्रसँग प्रेमको । प्रेमले कुनै माग राख्दैन । प्रेम भनेको स्विकार भाव हो । धार्मिक दार्शनिकहरु भन्छन् परमात्मासम्म पुग्ने एकमात्र मार्ग भनेको प्रेम हो । थाहा छैन यो भनाइमा कतिको सत्यता छ तर जीवनको लागि प्रेम अपरिहार्य हो । साँच्चै प्रेम कसैलाई गरिन्छ भने उसको हरेक कुरा पे्रमिल लाग्छ रे । उसको बोली, व्यवहार, शैली, सवै सवै प्रिय लाग्छ रे । तर हामीहरु प्रेमभन्दा बढी व्यपार गर्छौ । हाम्रो प्रेम गणीतिय प्रेम हो । हामी सम्झन्छौँ, हामीले प्रेम गर्ने पुरुष अथवा स्त्रीमा कस्तो गुण छ । के के विशेषता छ । उसलाई मैले अपनाए भने के फाइदा होला प्युचरमा । मान्छेले के भन्ला ? आदि सोच्छौँ । के यो गणित हैन र ? श्रीमान श्रीमतिहरुमा त झन् यौनको नाता नहुनु हो भने धेरै परिवार हप्तादिन पनि टिक्दैन । हरेक शहरका हरेक भट्टीहरुमा, होटलहरुमा प्रत्येक वेलुका मेला लाग्ने गर्छ । यसमा असी प्रतिशत विवाहित पुरुष, समाजका भद्र भलाद्मी भनाउँदाहरुको बाहुल्य हुने गर्दछ । यदी घरमा श्रीमतिहरुले हिसाव, मागरहित प्रेम गरेका भए किन यसरी श्रीमानहरु भट्टी र परस्त्रीमा चाहारिन्थे । ठिक विपरित श्रीमानहरुले समय दिए, प्रेम गरे किन श्रीमतीहरु छिमेकीको कुरा काट्ने, टेलीसिरियलमा अलमलिने, परपुरुषसँग समय नजिक हुने समस्यामा फस्थे । मन्दिरमा किन हज्जारौँ भक्तजनको भीड लाग्थ्यो । मन्दिर र भट्टीमा के फरक छ । दुवै मन अशान्ती भएपछि जाने ठाउँ न हो । प्रेम घरपरिवारवाट हराएपछि मनलाई शान्त बनाउन मानिशहरु तीर्थधाम चहार्छन । यदी प्रेम हामीमा भए बगर पनि बगैचा लाग्नु पथ्र्यो । घर पनि मन्दिर लाग्नु पथ्र्यो । श्रीमान, श्रीमती प्रेमको प्रतिक लाग्नु पथ्र्यो । प्रत्येक पल स्वर्ग लाग्नु पथ्र्यो । के हामीमा यी सब छ त ?
हाम्रो समाजमा त प्रेम छैन । व्यापार मात्र छ । नाफा नोक्सान मात्र छ । खोक्रो सम्झौता छ । यौनको चाहान मात्र छ । चिहान जत्तिको घर छैन । चिहानमा शान्ती छ, घरमा अशान्ती । समाजले केही भन्लाकि भन्ने कुण्ठा छ । प्रतिवाद गर्न नसकेको आजीवन हार छ । एक्लै जिउने र मर्ने हिम्मत नभएर मात्र बाँचेका छौँ प्राय हामीहरु ।
यी सवैको कारण प्रेमको गणितीय रुप हो । मतलबी अवस्था हो । हामी समग्रतालाई स्वीकार्नु चाहादैनौँ । इश्वर, प्रकृति भनेको समष्टी भाव हो । हामी संसारलाई आफु अनुकुुल बदल्न चाहान्छौँ । अरुलाई आफु जस्तै भएको हेर्न चाहान्छौँ । छोराछोरीलाई आफु जस्तो । श्रीमान श्रीमतीलाई आफु जस्तो । प्रेमी प्रेमिकालाई आफु जस्तो बदल्न चाहान्छौ । जुन असम्भव थियो, छ र हुनेछ । कोही पनि बद्लिएर अर्को बन्न सक्तैन । हामीले दोस्रोलाई उसकै प्रकृतिमा स्विकार्न नसक्दा नै अहिलेको समाज, पे्रमरहित भएको हो । कलह, त्रासदी, मानवीयता हिन समाज सवै सवै गणितीय प्रेमको उपज हो ।
सम्भवत केही आमाबाबाको प्रेम वाहेक बाँकी सबै प्रेमहरु गणितीय नै होलान् ।
Mama this article is really awersome ,if all people of this world read this article n use it in this life , the earth will be know as the world of love. Mama I luv this article , I think u dissolve this type of article in furture .BEST OF LUCK